जोतारे धाइवा
कुनै ठूलै कुरामा उसको दिमाग गाडिए जस्तो छ
उसलाई साँच्चै अब नयाँ शासन चाहिए जस्तो छ ।
भए-रहेका कसैलाई पनि सीधा नजरले हेर्दिनँ भन्छ,
सबका सब उसका आँखामा नाङ्गिए जस्तो छ ।
घ्याम्पो त हैन होला जुन उसले छामेको छ भर्खरै,
दौराभित्रका पेटमा सिङ्गै ढुकुटी राखिए जस्तो छ ।
किन अग्ला पर्खाल ठड्याइएका हँ यो सहरमा ?
कुनै जाली योजना बुन्नलाई खेल थालिए जस्तो छ ।
घाम पनि खै लाग्दैन यहाँ झरी पनि खै पर्न छाड्यो,
यहाँको दुश्चक्रदेखि त प्रकृति नै आत्तिए जस्तो छ ।
Filed under: गजल |
Leave a Reply