पाठकहरु आफ्ना रचानहरु comment मा submit गर्नुहोला ! (better if you send in unicode.)
अथवा ,
salaambihani@gmail.com मा पनि पठाउन सक्नुहुनेछ
सिर्जना सागर
(सिर्जना सुन्न र सुनाउनको लागि)
प्रत्येक महिनाको दोस्रो शनिबार
स्थान : नमूना मच्छिन्द्र उ.मा.वि., लगनखेल
समय : बिहान ११ बजे
सम्पर्क : ९८४९३७६६७६/९८०३४१६४६०/९८४१८२५२०७
प्रतिभा प्रवाहको ८८औँ शृंखला सम्पन्न
काठमाडौँ । प्रगतिवादी सांस्कृतिक आन्दोलनको साझा माच प्रतिभा प्रवाहको ८८ औँ शृङ्खला शनिवार त्रिचन्द्रकलेज घण्टाघरमा सम्पन्न भयो । उक्त कार्यक्रममा खगेन्द्र संग्रौलाले आफ्नो पठन अनुभव सुनाउनुभएको थियो । उहाँले भन्नुभयो-'शुद्धताको नाममा त्यसलाई धेरै पर पुर्याइयो ज्ञानको दायराबाट हटाइयो । यसले हाम्रो ज्ञानको मात्रा खण्डित भयो ।'
कार्यक्रममा स्नेह सायमी, मातृका पोखरेल, गणेश भण्डारी, पाचकुमारी परियार, घनश्याम शर्मा पौडेल, शोभा दुलाल, भवानी पौडेल, युवराज नास्तिक, कुशल बोगटी, हरिबहादुर कर्माचार्य, तिलक चाम्लिङ, मिथिला फुँयाल, आर.सी.न्यौपाने कृष्णदेव रिमाल, धर्मेश पोखरेल, नाकिमा, विशद, ऋद्धिरमण घिमिरे, विनोद दाहाल, केवल विनामीले कविता वाचन गर्नु भएको थियो । वाचित कवितामाथि समालोचक तथा कवि रामपसाद ज्ञवालीले समीक्षा गर्नुभएको थियो ।
कार्यक्रममा कुलमान िसंह भण्डारीका चित्रहरु प्रदर्शन गर्नुका साथै प्रदर्शित चित्र तथा कुलमान िसंह भण्डारीका बारेमा साहित्यकार शारदारमण नेपाल र रामकृष्ण भण्डारीले बोल्नु भएको थियो । कलाकार किशोर वि.क., दिपेश केशर कालिकोटे, रमण थामीले गीत प्रस्तुत गर्नुका साथै प्रस्तुत गीतमा वरिष्ठ गायक खुशीराम पाखि्रनले समीक्षा गर्नुभएको थियो । कार्यक्रममा माइला लामा, ईश्वरचन्द्र ज्ञवाली, मोहलाल चन्द 'आधार', बलराम तिम_िल्सना, धिरेन्द्र प्रेमर्षिलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन केशव सिलवालले गर्नु भएको थियो ।
'सिर्जना सागर'को २१ औं शृङ्खला सम्पन्न
ललितपुर १२ असार । सिर्जना वाचन/श्रवणको मासिक कार्यक्रम 'सिर्जना सागर'को २१औँ शृङ्खला गद्यविशेष सम्पन्न भएको छ । ललितपुरको लगनखेलस्थित नमूना उ.मा.वि.मा सम्पन्न सो शृङ्खलामा विश्वदर्शन, रमेश स्वप्निल, तिलक चाम्लिङ, तारा थुलुङ 'अथाह', विशद, दृश्य, नदीश, मंजु मार्मिका, लक्ष्मी कुमार राई नमन राई 'अनु', नवराज क्षितिज, वर्षा लिम्बू, लगायतका सर्जकहरुले प्रगतिवादी/प्रगतिशील भावसहितका लघुकथा, अणुकथा, लघुनिबन्ध र कविताहरु वाचन गरेका थिए भने गायक/संगीतकार सोनाम बज्यु लामाले 'क्षितिजबाट चेतनालाई डाक्दै उठौं युवा' बोलको जागरण गीत प्रस्तुत गर्नुभएको थियो । कवि हरि बहादुर कर्माचार्यको सभापतित्व र कवि नाकिमाको साचालनमा सम्पन्न उक्त शृङ्खलामा वाचित सिर्जनाहरुमाथि स्रष्टा/संचारकर्मी देव 'अाजान' शाहले टिप्पणी गर्नुभएको थियो । सिर्जना सगारलाई www.salambihani.com र अखिल नेपाल लेखक सङ्घ ललितपुरले उही स्थानमा हरेक महिनाको दोस्रो शनिबार आयोजना गर्दै आएको छ ।
गणतन्त्र दिवसको अवसरमा जागरण गीत प्रतियोगिता सम्पन्न
काठमाडौं । गणतन्त्र दिवसको अवसरमा गृह मन्त्रालय र रेडियो नेपालको आयोजनामा जागरण गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गीत रचनातर्फ तारा थुलुङ 'अथाह' र संगीततर्फ नरेन्द्र प्यासी उत्कृष्ट भएका छन् भने गायनतर्फ क्रमशः रोशना रश्मि, केशव पौडेल, नारायण लामा र राधिका भण्डारी प्रथम, गोविन्द इम्सोङ र सुवास इम्सोङ दोस्रो र रिन्कु जसवालले तेस्रो स्थान प्राप्त गरेका छन् ।
२० औँ श्रृङ्खलामा सिर्जना सागर
८ जेठ । सिर्जनाका माध्यमबाट समाजलाई परिवर्तन गर्ने उद्देश्यानुरुप प्रभास साहित्यिक समूह र अखिल नेपाल लेखक संघ ललितपुरको संयुक्त आयोजनामा नमूना मछिन्द्र उ.मा.वि लगनखेलमा सिर्जना सागरको २० औँ श्रृखला सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित स्रष्टाहरुले आफ्ना चोटिला सिर्जनाहरु प्रस्तुत गरेका थिए । अखिल नेपाल लेखक संघ ललितपुरका उपाध्यक्ष हरिबहादुर कर्माचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन कवि मंजु मार्मिकाले गर्नुभएको थियो भने वाचित सिर्जनाहरुको टिप्पणी कवि केशव सिलवालले गर्नुभएको थियो । कार्यक्रममा २५ जना स्रष्टा/स्रोताहरुको उपस्थिति रहेको थियो ।
पारिजात स्मृति सभा तथा स्रष्टा सम्मान २०६६
८ जेठ । पारिजात स्मृति केन्द्रले पारिजात स्मृति सभा तथा स्रष्टा सम्मान कार्यक्रम २०६६ सम्पन्न गरेको छ । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा सम्पन्न उक्त कार्यक्रममा पारिजात सृजन सम्मान २०६६ द्वारा रमेश रंजन झा, पारिजात सङ्घर्षशील नारी सम्मान पुरस्कार २०६६ द्वारा डा.रेणु राजभण्डारी र पारिजात कला सम्मान २०६६ द्वारा मानन्धर ल्यायम्ह पुचः डाफा गुठीलाई सम्मान गरियो । कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष डा.महेश मास्केले पारिजातले निर्माण गर्नुभएको गोरेटोमा हिँड्ने नयाँ पुस्ताहरु तयार भइसकेको कुरा बताउनु भयो ।
समयमा संविधान निर्माणको लागि स्रष्टाहरुको आह्वान
७ बैशाख । 'स्रष्टाको आह्वान समयमा संविधान' भन्ने मूल नाराका साथ समावेशी साहित्य मंच नेपालले बृहत स्रष्टा र् याली तथा कविगोष्ठी आयोजना गरेको छ । शुक्रबार दिउँसो एक बजे काठमाडौंको तीनकुनेबाट सुरु भएको स्रष्टाहरुको र् याली संविधानसभा भवन नयाँ बानेश्वर पुगेर कवि गोष्ठीमा परिणत भएको थियो । गोष्ठीमा सहभागि स्रष्टाहरुले 'समयमै जनपक्षीय संविधान बन्नुपर्ने' सारसहितका खबरदारी कविताहरु वाचन गरे । उक्त र् याली तथा गोष्ठीमा सलामबिहानी डटकम, अभिनव साहित्य समाज नेपाल, सिस्नुपानी नेपाल, रावासावा प्राज्ञिक समाज नेपाल, किराँत उपत्यका युवा साहित्यिक समाज नेपाल, लाइट अफ अर्ट्स ग्रुप नेपाल, मधुवन साहित्य प्रतिष्ठान नेपाल लगायतका संस्थाहरुको सहभागिता रहेको थियो ।
इलाममा पाँचौं बान्तावा भाषाको रास्ट्रिय कविता प्रतियोगिता सम्पन्न
पदम राई/बान्तावा भाषाको पाँचौं रास्ट्रिय कविता प्रतियोगिता इलाममा सम्पन्न भएको छ । कार्यक्रम बुङ्वाखाको पाँचौं वर्ष पुरा गरी छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजना गरिएको हो । स्थानीय आयोजकको रुपमा किरात राई यायोक्खा इलाम रहेको थियो ।
सहिद रत्नकुमार बान्तावाको स्मृतिदिवसको समय पारेर गत चैत्र २८ गते आयोजना गरिएको हो । रत्नकुमार बान्तावाले २०३४-३५ सालतिर गाउँ-गाउँमा बान्तावा भाषामा गीत लेखेर आफै गाउँदै नागरिकलाई जनचेतना जगाएका थिए ।
बुङ्वाखाको उक्त प्रतियोगिता काठमाडौंबाहिर पहिलोचोटी इलाममा आयोजना गरिएको हो ।
कार्यक्रममा प्रतियोगी १३ जना र अप्रतियोगी ११ जना गरी जम्मा दुई दर्जन कविहरु सहभागी थिए । प्रतियोगिताबाट जिर्मले इलामका असीम बान्तावा पहिलो, चमैता इलामका नारायण थुलुङ राई दोस्रो र सुम्बेक इलामका दिलु राई तेस्रो भएका छन । तीनै जना विजेताहरु शिक्षण पेशामा आवद्द छन ।
सहभागीहरु भोजपुर, इलाम, पाँचथर, झापा आदी ठाउँबाट आएका थिए ।
कविताको मुल्याङ्कन चन्द्र कुमार हतुवाली (बुङ्वाखा), केशबहादुर राई (महेन्ररत्न क्याम्पस इलाम्) र गणेश साम्पाङ राई (गजलकार)ले गरेका थिए ।
कार्यक्रमको अध्यक्षता बुङ्वाखाका सल्लाहकार राजन मुकारुङले गरेका थिए । कार्यक्रम सन्चालन रीता राराहाङ राई, सुवर्ण वालाहाङ राई र सिजन साम्पाङ राईले बान्तावा भाषामा गरेका थिए । उनीहरुमध्ये रीता रेडियो फिक्कलमा बान्तावा भाषाको कार्यक्रम सन्चालन गर्छिन भने सुवर्ण र सिजन इलाम एफएमका बान्तावा कार्यक्रमका सन्चालकहरु हुन ।
बुङ्वाखा सम्मान र बुङ्वाखा सङगीत पुरस्कार प्रदान
हरेक वर्ष प्रदान गरिदै आएको 'बुङ्वाखा सम्मान २०६६' कृष्ण खालिङ राईलाई प्रदान गरिएको छ । किरात भाषा, कला, सँस्कृतिको उत्थान र विकासमा महत्वपुर्ण योगदान गरेवापत उहाँलाई सो सम्मान प्रदान गरिएको हो । उनी किरात राई यायोक्खा, इलामका वर्तमान अध्यक्ष पनि हुन । उनलाई बुङ्वाखाका सल्लाहकार चन्द्रकुमार हतुवालीले फेटा गुथाएर सम्मान गरे भने राजन मुकारुङले ताम्रापत्र प्रदान गरेका थिए ।
त्यस्तै यस वर्षको 'बुङ्वाखा सङगीत पुरस्कार २०६६' इलामकै प्रकाश थुलुङ राईलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी दुईहजार पाँचसय रुपैयाँ र प्रमाणपत्र रहेको छ । उक्त पुरस्कारको संस्थापक वरिष्ठ संगीतकार बुलु मुकारुङ हुन । थुलुङलाई बान्तावा भाषामा गीत गाएर रेकर्ड गरेवापत सो सम्मान प्रदान गरिएको हो । उनलाई बुङ्वाखाका सम्पादक पदम राईले फेटा गुथाएर सम्मान गरे भने राजनले नै नगद राशी र प्रमाणपत्र प्रदान गरेका थिए ।
शब्दशिखाको पारिजात विषेश अङ्क
शब्दशिखाको पारिजात विषेश बैशाख अङ्क प्रकाशित भएको छ । यस १० औं अङ्कमा पाठहरुले पारिजात, विक्रम सुब्बा, हरिगोविन्द लुइँटेल र सरिता लामाको कविता, तारा थुलुङ 'अथाह', यल्जी विवश र रस्मिला कवाङ 'रश्मि'को गजल, पारिजातका गीतहरु, नवराज क्षितिजको हाइकू, नेचुरल्ली दीपकको कायू राई भाषाको कविता, नाकिमाको आलेख, तिलक चाम्लिङबाट कृति चर्चा सँगसँगै साहित्यिक समाचार र पुस्तक परिचय पनि पढ्न पाउनुहुनेछ ।
प्रभास उदयपुरद्वारा कविता अन्तरक्रिया सम्पन्न
२५ बैशाख । प्रभास साहित्यिक समूह उदयपुरलॆ कविता अन्तरक्रिया कार्याक्रम आयोजना गरेको छ । कार्याक्रम नेपालको एकमात्र प्रथम श्रमिक पार्क 'ज्ञानविज्ञान कुंज'मा सम्पन्न भएको थियो । अन्तरक्रियामा ३ दर्जन भन्दा बढी सर्जकहरुले सहभागीता जनाएका थिए । कथाकार राममणी पोखरेल, रंगकर्मी विक्रम श्री लगायतका अग्रज स्रष्टाहरुको समेत उपस्थिति रहेको उक्त कार्याक्रम मध्यान्हको १२ बजेदेिख लगातार २ घण्टासम्म चलेको थियो । प्रभास उदयपुरले अर्को कार्याक्रम आगामी महिनाको अन्तिम शनिबार आयोजना गर्ने बताएको छ ।
लेखक सङ्घ नेवा राज्यको दोस्रो सम्मेलन सम्पन्न
११ बैशाख । 'राष्ट्रिय स्वाधीनता र नयाँ जनवादी सँस्कृति निर्माणको लागि हाम्रो आन्दोलन, जनताको न्यायपूर्ण विद्रोहको पक्षमा दोस्रो लेखक सम्मेलन' भन्ने नारासहित नेवा राज्यका लेखकहरुको धरोहर संगठन अखिन नेपाल लेखक सङ्घ नेवा राज्य समितिको काठमाडौंको डिल्लिबजारस्थित पद्यकन्या उ।मा।वि।मा दोस्रो सम्मेलन सम्पन्न भएको छ । अखिल नेपाल लेखक सङ्घका केन्द्रीय अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्य र ऐनेकपा माओवादीका केन्द्रीय सदस्य घनश्याम शर्मा पौडेलको विशेष आतिथ्यमा सम्पन्न सो सम्मेलनले अध्यक्षमा खेम थपलिया, उपाध्यक्षहरुमा हरि बहादुर कर्माचार्य, प्रभात सापकोटा, केशव सिलवाल, विन्दा मैनाली र धर्मेश पोखरेल सचिवमा अशोक सुवेदी, सहसचिवहरुमा पाचकुमारी परियार, श्रीकृष्ण सुलू र माधव घिमिरे र कोषध्यक्षमा तिलक चाम्लिङसहित ७१ सदस्यीय कार्यसमितिको चयन गरेको छ । कार्यक्रममा एकीकृत जनसाँस्कृतिक महासङ्घका उपाध्यक्ष माइला लामा लगातका अतिथिहरुले देशको असहज राजनीतिक परिस्थितिलामा सम्पूर्ण लेखकहरुलाई जनताको न्यायपूर्ण विद्रोहको पक्षमा एकजुट हुन तथा उक्त युगीन आन्दोलनलाई सिर्जनात्मक एवम् वैचारिक नेतृत्व प्रदान गर्न समेत आह्वान गरेका थिए ।
उदयपुरको रौतामा सर्जकहरु
सुवास आम्बोटेली/गाइघाट । नयाँ बर्षको अबसर पारेर आकाशगङ्गा साहित्यिक माचले उदयपुरे सर्जकहरुसँग साक्षात्कार कार्यक्रम गरेको छ । कार्यक्रम रौताको नयाँ वर्षमा लाग्ने मेलालाई मध्ये नजर गर्दै उदयपुरको रौतामा सम्पन्न भयो । 'सर्जकहरुको साक्षात्कार साहित्यिक श्रृंखला' नामक उक्त कार्यक्रममा उपस्थित तीन दर्जन भन्दा बढी सर्जकहरुले आफ्नो रचना वाचन गरेका थिए । माचको अध्यक्ष अरुण कोइमीको सभापतित्वमा कार्याक्रम सम्पन्न भएको थियो । माचका सचिव भूमिराज मरुभूमिले उक्त कार्यक्रम साचालन गर्नू भएको थियो । यसै अवसरमा सुवास आम्वोटेलीको परिकल्पना एवम शिकर सुमनको सम्पादन रहेको साहित्य प्रधान मासिक 'पश्यन्ती' र जातेबाट प्रकाशन तथा सिताराम रुपा चामलिङको सम्पादन रहेको साहित्यिक मासिक 'सायार' नामक दुई पत्रिका विमोचित भएको थियो ।
पत्रिका माचका अध्यक्ष अरुण कोईमीले विaमोचन गर्नुभएको थियो । लगभग तीन घन्टा आयोजित उक्त कार्यक्रममा उपस्थित सर्जकहरुले साहित्यको विकासक्रम र भविष्यको बारेमा आ-आफ्नो विचार राखेका थिए । माचले दोस्रो कार्याक्रम अनुरुप बैशाख ११ गते लोकतन्त्र दिवसको अबसर पारेर सडकमा सर्जकहरुको रचना बाचनको दबाबमुलक कार्याक्रम गर्ने योजना बनाएको छ । भने बैशाख अन्तिम सम्ममा सामुहिक संग्रह 'ऋतुरंग' प्रकाशन गर्ने बताएको छ ।
१७ औँ पारिजात दिवस मनाइयो
५ बैशाख । काठमाडौंको म्हेपीस्थित पारिजात निवासमा स्मृतिसभा गरेर १७ औँ पारिजात दिवस मनाइएको छ । पारिजात स्मृति केन्द्रको आयोजनामा सम्पन्न सो कार्यक्रममा लक्ष्मी मालीले पारिजातको 'मृत्यु' शीर्षकको कविता वाचन गर्नुभएको थियो भने पद्मरत्न तुलाधर, घनश्याम ढकाल, निनु चपागाई र डा.महेश मास्केले नेपाली साहित्यको मूर्धन्य प्रतिभा पारिजातको कृतित्व तथा व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो । स्मृतिसभा समापनपछि निर्माणाधिन पारिजातभवनमा राखिएको मूर्तिमा सुकन्या वाइवा लगायत उपस्थितहरुले माल्यार्पण गरेका थिए ।
नयाँ वर्षको शुभकामना आदानप्रदानसहित कविता वाचन
४ बैशाख । नव वर्ष २०६७ सालको शुभकामना आदानप्रदान कार्यक्रमसहित खोटाङ महासमाजले कवि गोष्ठी सम्पन्न गरेको छ । सो कार्यक्रममा विश्व दर्शन, चन्द्र चाम्लिङ, मंजु मार्मिका र नाकिमा लगायतका थुप्रै कविहरुले कविता वाचन गरे भने सभासदहरु अस्मिता कार्की, हिरा गुरुङ साहित्यकारहरु डा.विष्णु राई, धनप्रसाद सुवेदी 'श्रमिक' लगायतका विभिन्न खोटाङ्गे महानुभावहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । महासमाजका अध्यक्ष नवल खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको साचालन सो संस्थाका महासचिव मनिप्रसाद राईले गरेका थिए ।
शब्दशिखाको फेसबूक विशेष चैत अङ्क
प्रभास साहित्यिक समूहको मासिक प्रकाशन 'शब्दशिखा'को चैत अङ्क प्रकाशित भएको छ । यस अङ्कमा पाठकहरुले स्व.स्वप्निल स्मृति, दीपा एवाई राई, मनु लोहोरुङ र विष्णु नेम्वाङ सुब्बाको कविता, राजन मुकारुङ र नदीशको गीत, सरिता राई, कृष्णपक्ष र श्रवण खनालको गजल, यल्जी विवशको हाइकू, साहित्यिक समाचार, पुस्तक परिचयको अलवा पदम राईद्वारा अनुदित रुसी लोककथा, विशदबाट कविताकृति, 'धारिला मानिसहरु'को चर्चा र सुमन तण्डुकारद्वारा अनुदित नाकिमाको नेपाल भाषाको कविता पढ्न पाउनुहुनेछ । फेसबूक विशेष यस नवौँ अङ्कका अधिकांश सामगि्रहरु फेसबूकबाट साभार गरिएका हुन् ।
नयाँ वर्षको नयाँ बिहानीमा प्रचण्ड निवासमा कविहरु
१ बैशाख । संविधान निर्माण, राजनैतिक सहमति र शान्तिका लागि दवाव स्वरुप पारिजात स्मृति केन्द्रले काठमाडौं नयाँबजारस्थित एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड निवासमा स्वयम् प्रचण्डकै उपस्थितिमा कविता वाचन सम्पन्न गरेको छ । बिहान ७ बजेदेखि एक घण्टा चलेको उक्त कविता वाचनमा श्रवण मुकारुङ, धिरेन्द्र प्रेमर्शी, लक्ष्मी माली, बिमला तुम्खेवा लगायतका १५ जना कविहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रम र कविताहरुको प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले जनताको आवश्यकता र भावनालाई सम्बोधन गर्ने संविधान निर्माणको निम्ति आफ्नो पार्टी प्रतिबद्ध रहेको कुरा बताउनु भयो । साथै उहाँले नयाँ वर्षलाई साँच्चै नयाँ बनाइदिएकोमा पारिजात स्मृति केन्द्रलाई धन्यवाद दिनुभयो । स्मृति केन्द्रले भोलि बिहान एमाले अध्यक्ष झलनाथ खनालको निवासमा कविता सुनाउने कार्यक्रम तय गरेको छ ।
'प्रतिभा प्रवाह'को नयाँ कार्यसमिति गठन
चैत २८ । पारिजातले सुरु गर्नुभएको प्रगतिशील/प्रगतिवादी सिर्जना प्रवाहको नियमित कार्यक्रम प्रतिभा प्रवाहको ३३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । मित्रलाल पंज्ञानीको अध्यक्षतामा गठित सो समितिको उपाध्यक्षहरुमा सिता शर्मा, प्रदीप देवान, प्रेमसागर पौडेल, धिरेन्द्र प्रेमर्शी र निभा शाह रहेका छन् भने सदस्यसचिवमा केशव सिलवाल, सह-सचिवमा भवानी पौडेल र कोषाध्यक्षमा चन्द्रा थामी रहेका छन् । साथै समितिको सल्लाकारहरुमा हरिगोविन्द लुइटेल, सुधा त्रिपाठी, आहुति, माइला लामा, ईश्वरचन्द्र ज्ञवाली, घनश्याम ढकाल, कुन्ता शर्मा लगायत अरु दश जना रहनुभएको छ । कार्यक्रममा स्रष्टाहरुले कविता तथा गजल पनि वाचन गरेका थिए ।
खोटाङका साहित्यकर्मीहरुद्धारा सडक साहित्य प्रस्तुत
चैत्र-२८ । तोकिएको समयमा संविधान बनाउन दबाब दिन खोटाङका साहित्यकर्मीहरुले सदरमुकाम दिक्तेलमा सडक साहित्य प्रस्तुत गरेका छन् । राष्ट्रिय वाङमय कला प्रतिष्ठानले आयोजना गरेको सडक साहित्य आन्दोलन अन्तर्गत जिल्लाका डेढ दर्जन साहित्यकर्मीले रचना प्रस्तुत गरेका छन् । सदरमुकाम दिक्तेलको त्रिवेणी चौकमा आयोजित साहित्यिक आन्दोलनमा साहित्यकार विष्णु आभुषण चमा थुलुङ वेदीकुमार राई लगायतका साहित्यकर्मीहरुले रचना सुनाउनु भएको थियो । जनताले चुनेका नेताहरुले संविधान बनाउन बिर्सिएकाले आन्दोलन सुरु गरिएको साहित्यकर्मीहरुले बताएका छन् ।
रातो घरमा प्रतिनिधि कविहरु
२७ चैत । प्रतिनिधि कविहरुलाई समेटेर पारिजात स्मृति केन्द्रले पारिजात कवि गोष्ठी सम्पन्न गरेको छ । काठमाडौंको रविभवनस्थित रातो घरमा सम्पन्न सो गाष्ठीमा कवि विमल निभा, आहुति, श्यामल, गोविन्द वर्तमान, पूर्णविराम, दिनेश अधिकारी, सुरेशकिरण मानन्धर, अतृप्त पाण्डे, लक्ष्मी माली, स्नेह सायमी र केशव सिलवालले कविताप्रतिको आफ्नो धारणा र अनुभवसहित दुई-दुई वटा कविता वाचन गर्नुभयो । उपस्थित अन्य कवि तथा कविताप्रेमीहरुले वाचित कविताहरु र कार्यक्रमबारे टिप्पणी गरेका थिए ।
'धारिला मानिसहरु' विमोचित
२२ चैत । बरिष्ठ प्रगतिवादी सौन्दर्यचिन्तक मोहन वैद्य 'किरण'द्वारा कवि केशव सिलवालकृत दोस्रो कविताकृति 'धारिला मानिसहरु'को विमोचन भएको छ । अनामनगरस्थित जनसंचार अभियानको हलमा विमोचित उक्त कृतिको प्रकाशन अखिल नेपाल लेखक सङ्घ केन्द्रीय समितिले गरेको हो । कार्यक्रममा गणेश भण्डारीकृत कविताकृति 'आठौँ महादेशमा कोलम्बस'को परिचर्चा पनि गरिएको थियो ।
चौथो शृङ्खलामा पारिजात महिला कवि गोष्ठी
१८ चैत्र । पारिजात स्मृति केन्द्रको आयोजनामा 'पारिजात महिला कवि गोष्ठी'को चौथो शृङ्खला सम्पन्न भएको छ । काठमाडौंको रविभवनस्थित रातो घरमा संचालित चौथो शृङ्खलामा कविहरु प्रगति राई, अस्मिता मानन्धर, सुधा त्रिपाठी, हरिमाया भेटवाल, चन्दा थामी, शुशिला प्रधानाङ्ग र लक्ष्मी मालीले आ-आफ्ना कविता सुनाउनुभयो । वाचित कविताहरुमाथि कवि श्रवण मुकारुङ लगायत अन्य सहभागीहरुले टिप्पणी गरेका थिए ।
ललितपुर र खोटाङमा एकैसाथ सिर्जना सागर सम्पन्न
१४ चैत्र । २८ जना स्रोता/स्रष्टाको उपस्थितिसहित 'सिर्जना सागर'को १९ औँ श्रृङ्खला सम्पन्न भएको छ । प्रभास साहित्यिक समूह केन्द्र र अखिल नेपाल लेखक सङ्घ ललितपुरको आयोजनामा संचालित सिर्जना वाचन/श्रवनको उक्त मासिक कार्यक्रम हरेक महिनाको दोस्रो शनिबार ललितपुरको लगनखेलस्थित नमूना उ.मा.वि.मा सम्पन्न हुँदै आएको छ ।
यसैगरी खोटाङमा पनि प्रभास साहित्यिक समूह खोटाङको आयोजनामा उस्तै प्रकृतिको कार्यक्रम 'सिर्जना सागर'को पहिलो श्रृङ्खला सम्पन्न भएको छ । सदरमुकाम दिक्तेलस्थित किरात राई विद्यार्थी सङ्घको हलमा सम्पन्न पहिलो श्रृङ्खलामा १९ जना स्रष्टा/स्रोताहरुको उपस्थिति रहेको थियो ।
आस्थाको स्तम्भ विमोचित
चैत्र २ । ३१ जना कविहरुका ६३ ओटा कविताहरुको सङ्कलन 'आस्थाको स्तम्भ'को विमोचन भएको छ । अखिल नेपाल जनसाँस्कृतिक महासङ्घको एकताको चौथो राष्ट्रिय सम्मेलनको प्रमुख अतिथि एकीकृत माओवादीका अध्यक्ष प्रचण्डद्वारा विमोचित उक्त पुस्तकको प्रकाशन अखिल नेपाल लेखक सङ्घ ललितपुरले गरेको हो ।
राजन मुकारुङको एकल कविता वाचन
हरेक महिनाको अन्तिम शनिबार गुरुकुलले आयोजना गरिरहेको कविता यात्राको फागुन श्रृङ्खला सम्पन्न भएको छ । यही फागुन २९ गते खचाचख दर्शक स्रोताले भरिएको काठमाडौंको गुरुकुल सम नाटकघरमा सम्पन्न उक्त श्रृङ्खलामा सिर्जनशील अराजक कवि राजन मुकारुङले आफ्ना प्रतिनिधि कविताहरु सुनाएका थिए ।
शब्दशिखाको परिमार्जित अङ्क
केही परिमार्जनसहित शब्दशिखा मासिकको आठौँ अङ्क प्रकाशित भएको छ । यस अङ्कमा पाठकहरुले विमल निभाको कविता, शरद पौडेलको गीत, बूँद रानाको गजल, विपल बोयुङको हाइकु, विशदको लघुकथा साथै कृतिचर्चा र साहित्यिक समाचार लगायतका सामग्रीहरु पढ्न पाउनुहुनेछ ।
पारिजात महिला कविता गोष्ठी
सशक्त महिला कविहरु उत्पादन गर्ने उद्देश्यसहित पारिजात स्मृति केन्द्रले पारिजात महिला कविता गोष्ठी साचालन गरिरहेको छ । यही फागुन ८ गते त्यसको तेस्रो श्रृङ्खला सपन्न भयो । तेस्रो श्रृङ्खलामा कवि बिमला तुम्खेवा, हरिमाया भेटवाल र सरिता लामाले आपुना दुई-दुई वटा कविता वाचन गर्नुभयो । वाचित कविताहरुमाथि कवि विक्रम सुब्बा लगायत उपस्थित सहभागीहरुले टिप्पणी गर्नुभयो । कार्यक्रम म्हेपीस्थित अमृत सेकेण्डरी स्कुलमा भएको थियो ।
१८ औँ श्रृङ्खलामा सिर्जना सागर
८ फागुन ललितपुर । १९ जना स्रष्टा/स्रोताहरुको उपस्थितिसहित सिर्जना वाचनको नियमित कार्यक्रम सिर्जना सागरको १८ औँ श्रृङ्खला सम्पन्न भएको छ । लगनखेलस्थित नमूना मछिन्द्र उ.मा.वि.मा सम्पन्न उक्त श्रृङ्खलाको साचालन कवि विशदले गर्नु भएको थियो । सिर्जना सागर हरेक महिनाको दोस्रो शनिवार प्रभास साहित्यिक समूह र अखिल नेपाल लेखक सङ्घ ललितपुरको संयुक्त आयोजनामा संचालन हुँदै आएको छ ।
विचार गोष्ठी सम्पन्न
एकिकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको चौथो राष्ट्रिय सम्मेलनको सन्धर्भमा अखिल नेपाल लेखक संघ केन्द्रीय समितिले "सांस्कृतिक आन्दोलनका मुद्दाहरु" विषयक गोष्ठीको आयोजना गर्यो । अनामनगरस्थित जनसंचार अभियान नेपालको हलमा आयोजित गोष्ठीमा अतिथिहरु सुधा त्रिपाठी, रोशन जनकपुरी, अमर गिरी, प्रमुख अतिथि निनु चापागाईं, बिशेष अतिथि इश्वोर चन्द्र ज्ञवाली लगायतका वक्ताहरुले आ आफ्ना विचारहरु व्यक्त गर्नुभयो ।
घनश्याम ढकालको अध्यक्ष्यतामा सम्पन्न उक्त गोष्ठीको संचालन भोगीराज चामलिङले गर्नुभएको थियो ।
खोटाङमा पनि प्रभास
यही माघ २३ गते समूह केन्द्रीय सदस्य मुना निश्चलको उपस्थितिमा ११ सदस्यीय प्रभास साहित्यिक समूह खोटाङ गठन भएको छ । कोपिला थुलुङ 'आशुतोष'को संयोजकत्व तथा नवराज गाउँलेको सह-संयोजकत्वमा गठित उक्त समूहको सदस्यहरुमा तारा थुलुङ 'अथाह' ममिता मर्मस्पर्शी, शान्ता सन्ध्या, बिनादेवी राई, सरिता राई, कविराज दुःखी, सम्झना भुजेल, लिला पौडेल र युगसन किरात रहेका छन् । यसैगरी समूहले गायक/संगीतकार भीमसेना राई साहित्यकार बिमला केयरलेस र कलाकार प्रदीप माइलालाई सल्लाहकार समितिमा चयन गरेको छ ।
Blog at WordPress.com. WP Designer.
आँशु नबगाउ रोल्पा !
आँखा भरी आँशु देखाइ देखा परेको मेरो रोल्पा ।
दाजुभाइको युद्धलाई हेर्ने गरेको मेरो रोल्पा ।
तन्नेरी त बेपत्ता छन् बृद्ध आमा बाबा मात्रै,
आफ्नै मान्छे देखी पछी सरेको मेरो रोल्पा ।
गाउँबस्ती त खाली छन् खेतिबारी उजाड,
हत्या-हिम्सा नसही जिउदै मरेको मेरो रोल्पा ।
पवित्र ति जलजला शान्ती खोजी रोइरहेछ,
अशान्ती नसही एकातिर हरेको मेरो रोल्पा ।
कती आमा सन्तानबिहिन कती दिदी बिधुवा,
दाजुभाइको रगतले खरेको मेरो रोल्पा ।
बृद्ध ति बाबा आमा शान्ती खोजी रोइरहेछन्,
हत्या र हिम्साको बिउ छरेको मेरो रोल्पा ।
राम कुमार बुढा मगर गैरिगाउ-८ रोल्पा