तिम्रो जीवनकथाको मर्ममा
सरिता लामा
सुन्दर दार्जिलिंग कुनाको एउटा सानो गाउँ
तिम्रो सपनाको उडान भर्ने प्यारो ठाउँ
चाँपको कोपिला बटुली उन्यू घारीभित्र हराउने
अँगालोभरि जंगली फूल बोकेर तिमी रमाउने
चिया बगानमा रमाउने अन्तर्मुखी तिम्रा नयनहरु
मौन चिच्याहटमा बितेका कैयौं अनिदा रातहरु
ती वियोगका प्रचण्ड रापमा तिमी कति जल्यौ
सायद चुरोटको धुँवासंगै आत्मराहतको नसुनिने पदचापहरु हिँड्यौ
पर्खालभित्र एक्लोपन थियो तिमीले रोजेको बाटोमा
सजिएको त्यो जिन्दगी अभाव अनि संघर्षमा
प्रतिकुल परिस्थिति र शारीरिक असक्तातासंग लडिनैरह्यौ
तैपनि रुग्ण शरीरलाई घिसार्दै सिर्जनामा लगिपर्यौ
साँच्चै अपराजिता हौ तिमी हार्न जानिनौ कहिल्यै
अनेकौं चुनौतिहरु पार गर्दै अघि बढ्यौ जहिल्यै
पुष्टी गर्यौ कठिनाईमा पनि कहिल्यै प्रतिभा ओइलाउँदैन
विसंगति अनि नैराश्यतामा पनि सिर्जना कदापी मर्दैन
नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्याएका तिम्रा रचनाहरु
महिला जागरणका लागि बढेका तिम्रा उद्धार हातहरु
भुलाईदियौ सायद कोहीमा तिमीले कतै आफैलाई
बाँकी राख्यौ त सजीव केवल यो समाजको यथार्थलाई
त्यो बर्षाको रमझममा पानी परेर उघ्रेको दिनमा
धर्तीलाई चकमन्न अँधेरीमा उज्यालो प्रत्याभूति गराउने जुनेली रातमा
पारिजात, तिम्रो सम्झना अझै यो मानसपटलमा ताजा भैदिन्छ
र तिम्रो जीवनकथाको मर्ममा दुइ थोपा आँसु खसिन्दिन्छ
अनि विगत नमनपराउने तिमी, तिम्रो विगतको पाना पल्टाउँछु
तिम्रो भावना, बिचार र शब्दको सागरमा हराउँछु
फेरी सोच्छु बोटबाट झरेपछि झनै मूल्य बढ्ने फूल हो पारिजात
जसको सुगन्धमा अजर अमर तिमी हाम्रो साथ
कक्षा – ९
अमृत स्कुल, म्हेपी, काठमाडौँ
Leave a Reply